२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

रिहा भए नायक पल शाह

नायक पल शाह सोमबार (आज) तनहुँ जिल्ला कारागारबाट रिहा भएका छन ।
जबर्जस्ती करणी अभियोगमा दोषि ठहर भएका शाहलाई उच्च अदालत पोखराले अभियोगमा दाबी नपुगेको भन्दै सफाई दिएको हो ।
उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिने निर्णय सुनाएको थियो ।
शाहविरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणीको मुद्दामा पूर्वी नवलपरासी जिल्ला अदालतले भाद्र २१ गते बाल यौन दुरुपयोग ठहर गर्दै साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरे संगै उनलाई कारागार तनहुँ चलान गरिएको थियो ।
पुर्वी नवलपरासी जिल्ला अदालतको फैसलाविरुद्ध शाहले सफाइ माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।
तनहुँ जिल्ला अदालतमा परेको मुद्दामा भने शाहले गत माघ ३ गते नै सफाइ पाईसकेका थिए ।
१७ वर्षीया किशोरीलाई म्युजिक भिडियो छायांकनका क्रममा शाहले जबर्जस्ती करणी र यौन दुर्वयवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा २०७८ फागुन ११ गते र पूर्वी नवलपरासी प्रहरीमा फागुन १६ गते जाहेरी परेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*