३० बैशाख २०८१, आईतवार  |  12 May 2024,Sunday
Ad

दाङको राजपुर गाउँपालिकामा भएको आगलागिबाट २४ घर जले

दाङको देउखुरी स्थीत राजपुर गाउँपालिकामा भएको आगलागिबाट २४ घर जलेर नष्ट भएको छ । पालिकाको वडा न.७ हाडबासमा आईतबार दिउँसो भएको आगलागिबाट २४ घर जलेर नष्ट भएको स्थानीयले जनाएका छन् ।
आईतवार दिउँसो झण्डै ११ बजे तिर बाँके तर्फबाट चलेको हावा संगै आएको आगो बस्तिमा छिरेको थियो ।
त्यस गाउँका अधिकाँस घरहरु खरका छाना भएका तथा सामान्य काठले बारेका भएकाले घरमा सल्किएको आगो नियन्त्रणमा लिन कठिन भएको थियो ।
स्थानीय जनप्रतिनिधिका अनुसार पूर्ण रुपमा क्षेतिको विवरण अझै आईनसकेको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*