४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

सत्य निरूपण तथा मेलमिलाप आयोगमा झण्डै ६४ हजार उजुरी

सशस्त्र द्वन्द्वकालिन घटनाको सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत चाँडै निरुपन गर्ने बहस चलिरहँदा आयोगमा झण्डै ६४ हजर उजुरी परेका छन् ।

सिंहदरबारमा बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगमा अहिले सम्म ६३ हजार ७१८ वटा उजुरी परेको बताईएको छ ।

आयोगका सचिव उदयराज सापकोटाले आयोगमा परेका उजुरी बारे बैठकमा जानकारी गराउँदै उजुरीमा घटनाका कारण तथा विषयहरुलाई हेरेर निरुपन तिर अगाडी बढनु पर्ने बताए ।

परेका उजुरी मध्य सवै भन्दा धेरै पाँचहजार ५०२ वटा उजुरी सल्यान जिल्लामा रहेको सचिव सापकोटाले जानकारी दिएका छन् । त्यस्तै कपिलवस्तु र अक्षाममा पनि चारहजार बढी उजुरी परेको उनले बताएका छन् । त्यस्तै एक हजार भन्दा माथि उजुरी परेका जिल्लाहरु १३ वटा रहेको पनि सचिव सापकोटाले जानकारी दिए ।

सचिव सापकोटाले एउटै घटनाका् तथा सामान्य प्रकृतिका उजुरीहरू धेरै भएको जानकारी दिदै आफुहरुले अहिले दुई हजार २६८ उजुरीहरू तामेलीमा राखेको पनि बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*