३ जेष्ठ २०८१, बिहीबार  |  16 May 2024,Thursday
Ad

बझाङमा सम्पन्न प्रदेश सभा उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी विजयी

आईतवार सम्पन्न मत गणना अनुसार बझाङमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।
बझाङ १(१) मा भएको निर्वाचनमा भण्डारीले प्रतिशप्रर्धी नेपाली काँग्रसका उम्मेदवार अभिषेक बहादुर सिंहलाई २६६ मतले पछि पार्दै विजयी भएका हुन् ।
भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दा काँग्रेसका प्रतिस्पर्धी उम्मेदवार सिंहले ११ हजार ३४६ मत मात्र प्राप्त गरेका थिए ।
यसैगरी माओवादी केन्द्र तर्फबाटका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत, नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरेका थिए ।
कुल खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्दा बझाङका प्रदेश सभा उम्मेदवार दिलबहादर सिंहको धरौटी जफत भएको छ ।
कुल खसेको मतमा सदर २९ हजार ७०५ मध्य सिंहले ५१४ मत मात्र पाएका थिए । सिंहलाई १० प्रतिशत पुगाउन थप २ हजार ४५६ मत आवश्यकता थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*