२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

गायक भागिरथ चलाउनेले उठबस गरेको सम्झिए

कक्षामा पढ्दा साथीको कानमा खुसुक्क फोहोर शव्द बोलेका कारण गायक भागिरथ चलाउनेलाई शिक्षकले उठबस गराउँछन् ।
चलाउनेले उठबस गरेको हेर्दै मख्ख परेकी कक्षाकी साथीलाई सम्झिदै गरेको थिममा तयार पारिएको भिडियो सहित गायक चलाउनेको नयाँ गीत “जलेजलोस् हिउँचुली सुकोस फेवाताल” गीत विहिबार सार्वजनिक भएको छ ।
पछिल्लो समय नेपाली लोकदोहोरी क्षेत्रमा उत्कृष्ठ श्रृजना श्रोता, दर्शक माझ प्रस्तुत गदै आएका चलाउनेको यो गीत संगै म्यूजिक भिडियो पनि उत्कृष्ठ बनेको गायक चलाउनेको दावि छ ।
आफ्नै शव्द संगीत तथा गायन रहेको यो गीतमा गायक चलाउनेलाई चर्चित गायीका शान्ति श्री परियारले साथ दिएकी छिन् ।
कृष्ण बि.क. भान्जाले एरेन्ज गरेको गीतको मिक्सिङ स्यामस्वयत रसाईलीले गरेका हुन् ।
मोडेल गीता ढुंगाना संग गायक चलाउनेले स्यंम अभिनय गरेको यो गीतको भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । नबराज उप्रेतिले कोरियोग्राफ गरेका छन् भने गीतको टेकेन्द्र शाहले इडिट गरेका हुन् ।


लोक दोहोरी क्षेत्रमा उदाउँदा गायका रुपमा परिचय बनाएका चलाउनेले यस अघि थोपडाले धोका दियो बरिलै, फलाम पिटे तरवार, झमझम झुम्कना, रात हेर्दै टोलाउँछु लगाएतका चर्चित लोक दोहोरी गीत दिएर दर्शक श्रोताको मन जिति सकेको छन् ।
मेहेनत गरेर बनाएकोले यो गीत पनि राम्रो बनेको र श्रोता दर्शकले पनि मन पराईदिनेमा आफु विश्वस्त रहेको गायक चलाउने बताउँछन् ।

भिडियो तल हेर्न सकिने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*