२९ बैशाख २०८१, शनिबार  |  11 May 2024,Saturday
Ad

प्रधानमन्त्री दाहालद्वारा एनसेलको खरिद–बिक्री प्रकृयामा कमजोरी भेटिए कारवाही गर्ने चेतावनी

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको खरिद–बिक्री प्रकृयामा कमजोरी भेटिए कारवाही गर्ने चेतावनी दिएका छन् । गलबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा प्रधानमन्त्री दाहालले यदि कसै बाट केही कमजोरी भएको भेटिए कारवाही गर्ने चेतावनी दिएका हुन् ।


त्यस अवसरमा प्रधानमन्त्री दाहालले दुरसंचारको विकास र विस्तारकालागि अध्ययन तथा छानविन समिति बनाईएको बताउँदै छानविन समितिले अनुसन्धान एवं छानविन गरी सत्य तथ्य बाहिर ल्याउने र सोहि अनुसार सरकार अगाडि बढने पनि बताए ।


मुलुकमा अनुसन्धानको लागि अन्य स्थायी संरचना भए पनि नयाँ छानबिन समिति बनाइएको भन्ने सांसदहरुको प्रस्नको जवाफ दिदै प्रधानमन्त्री दाहालले कसैलाई ओभरल्या गर्न यो समिति नबनाईको धारणा व्यक्त गरे ।


गठित समितिलाई विदेशी लगानीमा पर्ने असर, कर तथा राजस्वमा पर्ने असर तथा प्रभाव र भविष्यमा गर्नुपर्ने सुधारलाई मध्यनजर गरेर अध्ययन गर्ने गरी कार्यादेश दिएकोले यस प्रति शंका नगर्न पनि प्रधानमन्त्री दाहालले आग्रह गरे ।


एनसेल प्रकारणमा सरकारले पूर्व महालेखा परीक्षण टंकमणि शर्माको संयोजकत्वमा छानबिन समिति बनाई अनुसन्धान सुरु गरेको छ ।
अजियाटाले झण्डै एक अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको एनसेलको यो सेयर ५० करोड अमेरिकी डलरमा विक्रिगरेको सूचना बाहिर सार्वजनिक भए संगै यो प्रकरण सतहमै आएको छ ।

खरिद बिक्रीमा ठुलो चलखेल भएको हुन सक्ने भन्दै सरकारले अनुसन्धान तथा छानविनकालागि समित गठन गरी अनुसन्धान थालेको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*