६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा र एउटा पाटे बाघ मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा पाटे बाघ र एक सिंगे गैंडा मृत अवस्थामा फेला परेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्ती टोलीले नवलपारीको कावासोतीको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैडा र कोर क्षेत्र भिमपुरमा एउटा पाटे बाघ मृत फेला परेको छ ।

गैंडाको खाग र खुर सुरक्षित रहेको तथा कतै चोटपटक नदेखिएकोले प्राकृतिक कारणले गैडा मरेको हुन सक्ने निकुञ्जको अनुमान छ ।

मृत बाघ र गैडाको पोष्टमाटम गरे पछि मृत्युको कारण खुल्ने पनि निकुञ्जका संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*