६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

काठमाडौंका रातो बङ्गला र काठमाडौं वर्ल्ड स्कूललाई तीन दिने स्पष्टीकरण सोधियो

पाठ्यक्रम विकास केन्द्रले काठमाडौंका दुई स्कूललाई स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै तीन दिने स्पष्टीकरण सोधेको छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालका अनुसार रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कूललाई स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्द स्पष्टीकरण सोधिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले अनुमतिविना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई कारबाही गर्न दिएको निर्देशन अनुसार यि दुई स्कूललाई स्पष्टीकरण सोधिएको निर्देशक अर्यालको भनाई छ ।

मन्त्री श्रेष्ठले मन्त्रालएका अधिकारीहरुलाई स्कूलहरुले पढाउँदै आएका पाठ्यक्रम बारे अनुमति लिएको वा नलिएको भन्ने बारे अनुगमन गर्न निर्देशन दिएकी थिईन् ।

सोहि अनुसार यि दुई बिद्यालयले अनुमति नलिएर पाठन पाठन गर्दै आएको पाईए पछि कारवाहीको प्रकृया अगाडी बढाईएको स्रोतले बतायो ।

चर्को शुल्क लिएर पठन पाठन गराउँदै आएका यस्ता बिद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्न पनि अभिभावकलाई मन्त्रालयले २०८० चैत्र २३ गते आग्रह गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*