७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा २० जना विरुद्ध पक्राउ पुजी जारी

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी सहित २० जना विरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिजमा न्यून रकममा सम्झौता गराई अनन्तकालसम्म व्यापारीलाई सुम्पेको उजुरीका आधारमा भएको अनुसन्धान पछि संगठनका पूर्व पदाधीकारी सहितलाई पक्राउ पुर्जी जारी भएको छ ।

बाल संगठनको जग्गा विवाद बाहिरिय पछिको उजुरीका आधारमा सिआइबीले जग्गा प्रकरण बारे अनुसन्धान थालेको थियो ।

अनुसन्धान संगै बिहिबार मात्रै विवादमा संलग्न व्यक्तिहरु विरुद्ध जाहेरी परेपछि अदालतले २० जना विरुद्ध पक्राउ गर्न अनुमति दिएको सिआईबीका प्रवक्त होविन्द्र बोगटीले बताए ।

संगठनका पदाधीकारी लगायतलाई संगठनलाई हानी नोक्सानी पु¥याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लाग्दै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*