७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

गायक प्रमोद र सुष्माको रोईला भजन ‘गठबन्धन’ सार्वजनिक

चर्चित गायिका सुष्मा विसी यस पटक रोईला भजन ‘गठबन्धन’ लिएर नेपाली सांगीतिक बजारमा आएकी छिन् ।
गायीका विसीलाई यस पटक रोईला भजन ‘गठबन्धन’ मा गायक प्रमोद भुषालले स्वरमा साथ दिएका छन् ।
सांगीतिक क्षेत्रमा चर्चा कमाउन थालेका प्रमोद यस पटक विसी संग रोईला गठबन्धनबाट आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न खोजेका छन् ।
बिदेशमा रहेर पनि नेपाली गीत संगीत तथा नेपाली माटोलाई बिर्सन नसक्दाको भावना समेटिएको यस भजन ‘द न्यू ईरा’ रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

नेपाली भजन प्रेमीहरुको भावना संग मेलखाने गरी तैयार भएको रोईला ‘गठबन्धन’ मा गायक प्रमोदको आफ्नै शव्द र संगीत रहेको छ ।
राजेश घिमिरेले छाँयाङ्कन गरेको म्युजिक भिडियोको निर्देशन प्रवीन थापाले गरेका छन् भने नारायणी खत्री, संचिता बोलाखे, राजाराम सिंखडा, ओमराज थापा र बलराम भुषालले अभिनय गरेका छन् ।
प्रमोद भुषालको आफ्नै अफिसियल यूटुव च्यालनबाट सार्वजनिक गरिएको यस भजन नेपाली दर्शक स्रोताले मन पराउने खालको भएको प्रतिकृयाहरु आएका छन् ।
यस अघि झल्को, पालि खरैको जस्ता चर्चित गीत नेपाली बजारम ल्याएकी सुष्माले यस पटक आफुले ल्याएको यो रोईला भजन पनि नेपाली दर्शक स्रोताले मन पराईने बिश्वास व्यक्त गरेकी छिन् ।
आफ्नो सांगीतिक यात्रामा साथ र प्रेरणा दिने सम्पूर्ण अग्रजलाई गायीका सुष्माले धन्यबाद समेत दिएको छिन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*