७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले शपथ लिदै, आजै तीन सदस्यीय मन्त्रीमण्ल गठन गर्ने

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहिबार नियुक्त गरेको कोशी प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)का ५२ सांसदको समर्थम कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार गठन गर्न आह्वान गरेपछि आज बिहान कार्कीले मुख्यमन्त्रीमा बहुमत सहित आफ्नो दाबी पेस गरेका थिए ।

उनको दावि पेश भए संगै सांसदहरु प्रदेश प्रमुख कार्यालयमा हस्ताक्षर सनाखत गर्न पुगेका थिए ।
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यकता पर्दछ । कार्कीले आफ्नो पक्षमा ५२ मत देखिएको भन्दै मुख्यमन्त्री नियुक्तीमा दावि गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै शपथ ग्रहण गर्ने कार्यक्रम पनि तय भएको स्रोतले बताएको छ । स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले आजै तिन सदस्यीय मन्त्रीमण्डल पनि गठन गर्ने तैयारी गरेको बताईएको छ ।

यता कोशी प्रदेश सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वाेच्च अदालत पुगेका छन् ।
प्रदेश प्रमुखले असंवैधानीक तरिकाले सरकार गठनको आव्हान गरेपछि निवर्तमान मुख्यमन्त्री कार्की रिट लिएर सर्वोच्च पुगेका हुन् ।

कार्कीको रिटमा अन्तरिम आदेश मार्फत प्रदेश प्रमुखको नयाँ सरकार गठन आव्हान रोक्न र आफुलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरिएको स्रोतले बतायो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*