२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

प्रतिनिधिसभा र प्रदेशसभाका उमेदवारको टिकटमा देउवाको हस्ताक्षर


नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर भदौ १० गतेदेखि २४ गतेसम्म चुनावी अभियान संचालन गर्ने भएको छ । कांग्रेसले यसअघि भदौ २ देखि सो अभियान संचालन गर्ने भनेको थियो । तर आज बसेको कार्यसम्पादन समितिको बैठकले सो अभियान भदौ १० देखि २४ गतेसम्म गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनले भने, ‘चुनाव केन्द्रीत अभियान भदौ १० गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय भएको छ । अभियानको नाम के राख्ने भन्ने भने छलफल हुँदैछ । स्थानीय चुनावमा घर घर जाऔं कांग्रेस जिताऔं भन्ने राखिएको थियो अहिले के राख्ने भन्ने छलफलमा नै छौ ।’

त्यसैगरि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । दल दर्ता गर्ने आधिकारिक निर्णय सहित निर्वाचन आयोगमा पत्र बुझाउनुपर्ने भएकाले सो निर्णय गरिएको सहमहामन्त्री पाण्डेले जानकारी दिए । निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ ।

पाण्डेका अनुसार निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेको छ । आयोगमा दल दर्ता गर्दा उम्मेदवार मनोनयनको औपचारिक पत्रमा कसको हस्ताक्षर हुने खुलाउनुपर्ने व्यवस्था छ ।

यस्तै सत्तारुढ गबठन्धनका बीचमा सिट बाँडफाँडमा यसअघि पदाधिकारी तथा पूर्व पदाधिकारीले गरेको निर्णयलाई अनुमोदन गरेको छ । पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले गठबन्धन गर्दा कम्तिमा सय सिट कांग्रेसले पाउनुपर्ने निर्णय गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*