१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनकालागि दल दर्ता प्रकृया खुल्यो

निर्वाचन आयोगले आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन चाहने दललाईआयोगमा दल दर्ता आव्हान गरेको छ ।
आईतबार (आज) आयोगले एक सूचना प्रकाशन गर्दै निर्वाचनमा भाग लिन विभिन्न प्रकृया पुरा गर्दै दल दर्ता गर्ने सकिने जनाएको छ ।
आज श्रावन २२ गते देखि ३१ गते सम्म जम्मा १० दिनको म्याद राखेर आयोगले दल दर्ताको आव्हान गरेको हो ।
दल दर्ताकालागि निवेदनको ढाँचा र प्रकृया निर्वाचन आयोगको कान्तिपथ स्थित सचिवालयबाट प्राप्त गर्न सकिने तथा आयोगको वेवसाई www.election.gov.np बाट पनि डाउनलोड गरेर प्राप्त गर्न सकिने आयोगले जनाएको छ ।

थप जानकारी तलको सूचनाबाट पनि हेर्न सकिने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*