७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

राणालाई भक्तपुर २ बाट उमेदवार बन्न कांग्रेस कार्यकर्ताको चर्को दबाब

वरिष्ठ पत्रकार तथा समाजसेवी नेपाली कांग्रेस भक्तपुरका नेता कविर राणालाई भक्तपुर क्षेत्र नम्बर २ बाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेद्वारी दिन कार्याकर्ताहरुको चर्को दबाब छ । २०४८ सालदेखि नै प्रतिनिधिसभा सदस्यका लागि जिल्ला समितिबाट सिफारिसमा पर्दै आएका राणालाई यो पटक उमेदवारी दिनका लागि कार्यकर्ताहरुको चर्को दबाब रहेको छ ।

पत्रकारिता र राजनीतिलाई एकसाथ अगाडि बढाएका राणा भक्तपुरका लोकप्रिय नेता हुन् । खरो र हक्कि स्वभावका राणा विगत ३ दशकभन्दा बढी पत्रकारितामा ४ दशक देखि निरन्तर राजनितीमा सक्रिय छन् । उनले पार्टीले गर्ने हरेक आन्दोलनमा अग्र भागमा रहेर पञ्चायतकालमा जेल जिवन समेत बिताएका थिए । भक्तपुर बालकोट निवासी राणाको सक्रियतामा स्थानिय तह निर्वाचनमा सुर्यविनायक नगरपालिकाको २ र ३ वडामा समेत कांग्रेसको शान्दार जीत भएको थियो ।

भक्तपुर क्षेत्र नम्बर २ मा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस पराजित भएको थियो । यो पटक भक्तपुरको यो क्षेत्रमा राणालाई उम्मेद्वार बनाएमा नेपाली कांग्रेसको जीत सुनिश्चत हुने देखिन्छ । उक्त क्षेत्रको ग्रामीण भेगमा अत्यन्तै राम्रो प्रभाव रहेको र मध्यपुर नगरमा पनि राम्रै प्रभाव जमाएका राणाको जितको आधार बलियो देखिन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*