२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

नेपाल र भारत बीच १० हजार मेगावाट बिजुली किनबेचकालागी सम्झौता

नेपाल र भारत बीच १० हजार मेगावाट बिजुली किनबेचकालागी सम्झौता भएको छ । शुक्रबार सिंहदरवार स्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सम्पन्न सचिवस्तरीय बैठकमा सम्झौता पत्रमा हस्ताक्षर भएको मन्त्रालय श्रोतले बताएको छ ।
सम्झौता पत्रमा नेपालका तर्फबाट उर्जा सचिव गोपाल प्रसाद सिग्देल र भारतका तर्फबाट उर्जा सचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरे संगै दुवै देश बीच यो सम्झौता भएको हो ।
हाल सम्म नेपालबाट भारततर्फ साढे ६ सय मेगावाट बिजुली निर्यात हुँदै आइरहेकोमा अव देखी नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात गर्ने बाटो खुलेको छ ।
यसै बीच नेपाल भ्रमणमा रहेका भारतिय बिदेश मन्त्री जयशंकर नेपाल भ्रमणमा आएका बेला तीन वटा प्रसारणलाईन उद्घाटन गर्ने तैयारी भएको श्रोतले बताएको छ ।
नेपाल र भारतका विदेशमन्त्रीले संयुक्तरुपमा १२३ केभिए क्षमताको कटैया–कुशाहा प्रसारणलाइनको दोस्रो खण्ड, १३२ केभीए क्षमताकै रक्सौल–परवानिपुर प्रसारणलाइनको दोस्रो खण्ड र १३२ केभीए क्षमताकै नौतन्या–मैन्हिया प्रसारण उद्घाटन हुने समेत तैयारी भएको मन्त्रालय श्रोतले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*