५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिको संकुचन आउन दिदैनौ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिको संकुचन आउन नदिने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनको उद्घाटन सत्रलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रेस तथा आम संचार माध्यमलाई नियन्त्रण गर्ने भन्दा पनि स्वनियम बनाएर जिम्मेवारी बनाउनु पर्ने बताए ।

प्रधानमन्त्री दाहालले सरकारले जारी गर्न थालेको आम संचार विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने खालको नभएको पनि बताए छन् । ल्याउन थालिएको विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुने खालको भएको भन्दै पत्रकार महांसघ लगाएत सम्वद्ध संगठनहरुले आवाज उठाएका कारण त्यसलाई केही समय आफ्नो निर्देशनमा रोकेर प्रेस मैत्रि बनाउन लागिएको पनि बताए ।

असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसिकताको विकास गराउने, सामाजिक सद्भाव बिथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीहरूको प्रकाशन प्रसारण नगर्न आग्रह गर्दै प्रधाानमन्त्री दाहालले प्रेस स्वतन्त्रताको रक्षा र उपभोग गर्ने सहज वातावरण बनाउन आग्रह गरे ।

राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनुपर्ने, समाचार सामग्री सेन्सरसीप गराउनुपर्ने तथा सञ्चार साधन अवरुद्ध गरिने जस्ता अवस्था अन्त्य भएको स्मरण गराउँदै प्रधानमन्त्री दाहालले अहिले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अङ्ग बनेको पनि बताए ।

अहिले मुलुकले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि रहेको भन्दै उनले पत्रकारीता क्षेत्रको सहभागीतामा प्राप्त उपलव्धीलाई रक्षा, निगरानी र खवरदारी गर्दै अगाडी बढनु पर्ने बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*