६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

ग्लोबल आइएमई बैंकले देशैभर बृहत रक्तदान कार्यक्रम सम्पन्न गर्यो ।

ग्लोबल आइएमई बैंक लिमिटेडले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रम गरेको बैंकका कर्पेरेट कम्यूनिकेशन अफिसर प्रशान्त न्यौपानेले जानकारी दिए ।


मंगलबार गरिएको रक्तदान कार्यक्रममा देशका विभिन्न स्थानका ९२७ जना रक्तदाताहरुले ४३९ लिटर रगत दान गरेका छन् ।
बैंकले आयोजना गरेको रक्तदानका स्थानहरुमा सुनसरीको इटहरी शाखा, सिरहाको गोलबजार शाखा, काठमाडौंको कान्तिपथ शाखा तथा चितवनको नारायणगढ शाखा, कास्कीको पोखरा न्यूरोड शाखा, रुपन्देहीको बुटवल मिलनचोक शाखा, नेपालगंज शाखा, सुर्खेतको विरेन्द्रनगर सुर्खेत शाखा र कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।


त्यस अवसरमा बैंकले ७८३ जनाको निशुल्क आँखा जाँच र १ हजार ४८ जनाको रक्तचाप तथा मधुमेह रोगको परिक्षण परिक्षण पनि गरेको थियो ।


इहि पौष १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले रक्तदान जस्तै विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*