२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित श्रीलंकन नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक श्रीलंकन महिलालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा श्रीलंकन नागरिक ४५ बर्षीय कान्ति माथी कावास्कर रहेको प्रहरीले जनाएको छ ।
ति महिलाले फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट सुन लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियकी थिईन । राति १२ बजेर ५ मिनेटमा अवतरण गरेकी महिलालाई चेकजाँजका क्रममा १ किलो ३ सय ग्राम बराबरको सुन फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले चेकजाँचका क्रममा ति महिलाले लगाएको ब्रा र कट्टुभित्र लुकाएर ल्याउँदै गरेको अवस्था उक्त परिमाणको सुन फेला परेको हो ।
पक्राउ परेकी महिला बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*