६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

कर्मचारीका जायज माग सरकारले सम्वोधन गर्छ अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले कर्मचारीहरुका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने बताएका छन् ।


कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिदै अर्थमन्त्री डा. महतले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्याङ्कन गरियो भने हामी राजस्वको लक्ष्य नजिक पुग्न सकिने भएकोले त्यसकालागि कर्मचारी जिम्मेवार बन्नु पर्ने बताए ।

राजश्व संकलनमा जिम्मेवारी मात्र नभई परिणाम आउने गरी पनि काम गर्न र सोहि आधारमा सरकारले कर्मचारीको मूल्याङ्कन गर्ने पनि बताए ।

अनावश्यक रुपमा कसैलाई दुःख दिन नहुने भन्दै मन्त्री महतले जायज कुरामा आँखा चिम्लिनु पनि गलत हुने भएकोले गम्भिर भएर देशको सेवा गर्न सवैलाई आग्रह गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*