२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का

नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नायक तथा निर्माता नवल खड्का निर्वाचित भएका छन् ।
संघको बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैले पनि उमेदवारी नदिए पछि उनी निर्विरोध अध्यक्ष भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा सुनिल कुमार थापा पनि निर्विरोध निर्वाचित भएका छन् ।
सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा पनि निर्विरोध निर्वाचित भएका छन् । सपुर्ण कार्यसमिति नै निर्विरोध भएपछि संघको चुनावमा प्रतिशप्रधा नहुने भएको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण, तथा नवकार्यसमितिको घोषण आउँदो शनिवार हुने सोह्रौं बार्षिक साधारण सभामा गरिने तैयारी भएको बुझिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*