२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घटन नदिन बिलासी युक्त बस्तु आयातमा कडाई

सरकारले विदेशी बस्तुको नेपाल आयातमा कडाई गरेको छ ।
उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घटन थालेपछि आयातमा कडाइ गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गर्दै १० बिलासीका बस्तु नेपाल आयातमा रोक लगाईएको उल्लेख छ ।
रोकलागाइएका बस्तुहरुमा खेलौनाहरु, तास, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल लगाएतका बस्तुहरु रहेका छन् ।
तर यो आयात आउँदो असार मसान्त सम्म लागु हुने छ । त्यस्तै सररकारले विभिन्न औद्योगिक लगाएत केहि बस्तुका कच्च पदार्थ ल्याउनमा भने रोक नलगाइएको जनाएको छ । यो नियम विदेशि कूटनीतिक नियोगका अधिकारीहरुलाई भने लागू नहुने उल्लेख छ ।
यहि वैशाख १३ गते भन्दा अघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि यो प्रतिबन्ध लागू नहुने पनि उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*