५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

तुलसीपुर उपमहानगरपालिकाको बिद्युत लाइन काटियो, झण्डै एक करोड बक्यौदा वुझाउन बाँकी

शर्मिला डि.सी.,

विद्युत महसुल नवुझाएको भन्दै दाङको तुलसीपुर उपमहानगरपालिकाको विद्युत लाईन काटिएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत महशुल नबुझाएको भन्दै मंगलबार (आज) उपमहानगरपालिकाको लाईन काटेको हो ।
महसुल वुझाउन एक हप्ता पहिले नै तुलसीपुर उपमहानगरपालिकालाई पत्राचार गरेको भए पनि त्यसको कुनै सुनुवाई नभएपछि विद्युत लाइन काट्न वाध्य भएको नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकाले कार्यालयको ४ महिनाको डेढ लाख र सडक वत्तिको ९० लाख सहित एकानव्वे लाख ५० हजार रकम वुझाउन बाँकि रहेको प्राधिकरणका प्रमुख फर्साले बताए ।
मिटर रिडिङ गरेको ६० दिनसम्म विद्युत महशुल नबुझाएको खण्डमा विना जानकारी जो कुनै ग्राहकको विद्युत लाइन काटिने प्राधिकरणको नियम अनुसार आफुहरुले तुलसीपुर उपमहनगरपालिकाको विद्युत लाईन काटेको समेत प्रमुख फर्साले बताए ।
साथै उनले उपमहानगरपालिकाले बक्यौता रकम नबुझाए सम्म वा यति दिन भित्र पैसा बुझाउँछौ भनी सहमती नगरेसम्म लाईन नजोडिने समेत जानकारी दिए ।
यता तुलसीपुर उपमहानगरपालिकाले भने सड्क बत्ती र उपमहानगरपालिकाको विद्युत महशुल बुझाउँनका लागि केही प्रक्रिया पुरा नभएका कारण विद्युत महशुल बुझाउन समस्या भएको जनाएको छ ।
उमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार मेन सडकहरुमा राखिएको सडक बत्तीहरु संघीय सरकार र प्रदेश सरकारले हेर्ने र साना सड्कहरुमा जडान गरिएका बत्ति स्थानीय सरकारको मातहतमा रहेकाले महशुल बुझाउँन समस्या भएको बताए ।
साथै न्यौपानेले यो अन्योलता हटाउन केहि प्रक्रिया पुरा गर्नु पर्ने भएकोले बक्यौदा बुझाउन ढिलो भएको समेत बताए ।
विद्युत लाईन काटिए पछि अहिले उपमहानगरपालिकामा जेनेटरको सहायताले काम भईरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
यस्तै स्मार्ट सिटी अन्तर्गत उज्यालो तुलसीपुर बनाउने उदेश्यले तुलसीपुर वजारमा जोडिएका सड्क वत्ती लामो समयदेखी वन्द अवस्थामा रहेको स्थानीयले गुनासो गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*