५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

नेपाल प्रहरीको आईजिपीमा सिंह नियुक्त

नेपाल प्रहरीको महानिरिक्षक (आईजिपी) मा धिरज प्रताप सिंह नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको आईतबार (आज) बालुवाटारमा बसेको बैठकले सिंहलाई आईजिपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अवकाशमा गएपछि गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरिएको हो ।
२०४९ साल चैत्रमा प्रहरी सेवामा प्रवेश गरेका सिंह अपरा अनुसन्धान तथा सुशासन स्थापनाको क्षेत्रमा अब्बल अधिकारीका रुपमा आफ्नो पहिचाहन बनाएका छन् ।
सिंह संग महानिरिक्षकको प्रतिस्पर्धामा विश्वराज पोखरेल, सहकुल बहादुर थापा र रवीन्द्रबहादुर धानुक थिए ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत सिंह गत चैत ७ मा एआईजीमा बढुवा भएका थिए ।
यता कनिष्ठ एआईजिलाई बढुवा गरेको भन्दै एआईजिद्वय विश्वराज पोखरेल र सहकुल थापा न्यायकालागि सर्वोच्च जाने तैयारी गरेको बुझिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*