सुशील कोइरालाका भान्जा रमेश भण्डारीको निधन

न्यूज समय


नेपाली कांग्रेसका सभापति समेत रहेका तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाका भाञ्जा एवम् नेपाली कांग्रेसका नेता रमेश भण्डारीको निधन भएको छ । काठमाडौंको बुद्धनगरमा बस्दै आएका कोइरालाको बिहीबार दिउँसो निधन भएको हो । स्वर्गिय कोइ्राला रमेश भण्डारीको बुद्धनगरस्थित घरमा लामो समय बसेका थिए ।

झण्डै ७० वर्षीया भण्डारी आफ्नो घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

भण्डारीले केही समय अगाडि मुटुको शल्यक्रिया गरेर स्वास्थ्य लाभ लिइरहेका थिए । अमेरिकामा रहेका भण्डारी केही समय अगाडि बुद्धनगरस्थित निवासमा आएका थिए । भण्डारीकी छोरी ऋचा अमेरिकामा बस्दै आएकी छन् । उनकी पत्नी प्रभा भण्डारीको निधन भइसकेको छ ।