राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय सङ्कल्पबाट मात्र सम्भव हुने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको सङ्कल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील हुनुपर्ने बताए ।
नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै राष्ट्रपति पौडेलले आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
राष्ट्रपति पौडेलले डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा महासङ्घले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पु¥याउन थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।


न्यूज समय
२२ आश्विन, २०८३, बिहिबार १३:२९