दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा दुवै प्रधानमन्त्री बीच भेटवार्ता सुरु भएको हो ।
भेटवार्तामा प्रधानमन्त्री शाह संगै भएका नेपालका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे सहभागी रहेका छन् ।
त्यस्तै भारतका तर्फबाट विदेशमन्त्री डा. एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी छन् ।
दुवै प्रधानमन्त्रीको भेट पछि नेपाल र भारतबीचको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुने कार्यक्रम छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताईएको छ ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुहुने कार्यक्रम पनि छ ।
प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।


न्यूज समय
७ मंसिर, २०८३, सोमबार १२:११