त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ नागरीक पक्राउ परेका छन् ।
हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति विमानस्थलमा ओर्लिएका ती दुई चिनियाँ महिलालाई पक्राउ गरिएको हो ।
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता ढुण्डीराज नेउपानेले बताए ।
पक्राउ परेको सुन र उनिहरुबारे थप अनुसन्धान भईरहेको बताईएको छ ।


न्यूज समय
९ मंसिर, २०८३, बुधबार ११:३८