प्रधानमन्त्री शाह र समकक्षी भारतीय प्रधानमन्त्री मोदीद्वारा ५ परियोजनाको संयुक्त रुपमा उद्घाटन

न्यूज समय

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ परियोजनाको आज उद्घाटन
तथा शिलान्यास गरेका छन् ।

नयाँ दिल्लीमा रहेका दुवै देशका प्रधानमन्त्रीले सोमबार (आज) संयुक्त रुपमा स्वीच थिचेर भारतीय सहयोगमा निर्माधिन चार परियोजना शिलान्यास तथा उद्घाटन गरेका हुन् ।

दुवै प्रधानमन्त्रीले उद्घाटन गरेका परियोजनाहरुमा भारतको धार्चुलाबाट नेपालको दार्चुलालाई जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ ।
त्यस्तै बनबासा नाकामा एकीकृत जाँच चौकी, झापाको चारआलीमा बन्न लागेको ग्यास पाइपलाइन र ६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माणको पनि दुवै प्रधानमन्त्रीले दिल्लीबाटै स्वीच थिचेर शिलान्यास गरेका हुन् ।

त्यस क्रममा समकक्षी प्रधानमन्त्रीहरुले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको परियोजनाको समेत उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री भए पछि पहिलो पटक भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको राजकिय भ्रमणमा दुवै देशको आपसि हित, साझेदारी, बिकास तथा सहकार्य उपलव्धी मुलक हुने चौतर्फी अपेक्ष गरिएको छ ।

भेटमा भारतले नेपाललाई दुई खर्ब ४० अर्व भारतिए रुपैयाँ आर्थिक सहयोगको प्याकेज घोषण गरेको छ ।

राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहलाई भारतले “गार्ड अफ अनर” प्रदान गरेको छ ।