लगातार ओरालो लागेको पहेंलो धातु सुनको मूल्य फेरी बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार सुन तोलामा रु तीन हजार ३००ले बढेको छ ।
त्यस्तै चाँदि पनि रु १२० ले बढेको महासङ्घले जनाएको छ ।
बढेको मूल्य अनुसार आज सुनको नयाँ मूल्य तोलामा दुईलाख ४६ हजार १०० रुपैयाँ पुगेको छ, भने चाँदीको नयाँ मूल्य रु तीन हजार १९५ कायम भएको छ ।
महासङ्घका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको थियो ।
तीनलाख नाघेको सुन लगातार ओरालो लागे पछि नेपाली बजारमा हलचल पैदा भएको थियो ।


न्यूज समय
११ मंसिर, २०८३, शुक्रबार ११:५५