कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीद्वारा काठमाडौंका मासु पसलमा छड्के अनुगमन

न्यूज समय

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले काठमाडौंका विभिन्न स्थानका मासु कोल्ड स्टोरमा छड्के अनुगमन गरेकी छन् ।

मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन भए नभएको बारे बुझ्न बिहिबार अनुगमनमा हिडेकी हुन् ।

मन्त्री चौधरीले काठमाडौंको बालाजु तथा सीतापाइला बिभिन्न मासु कोल्ड स्टोरमा मासु भण्डारणको अवस्था, सरसफाइ तथा खाद्य सुरक्षा र गुणस्तरसम्बन्धी मापदण्ड पालना भए–नभएको निरीक्षण गरेकी हुन ।

मन्त्री चौधरीको सचिवालयका अनुसरा चौधरी आफै स्कुटर चलाएर ती मासु कोल्ड स्टोरमा पुगेर चेक जाँच गरेकी थिईन् ।

मन्त्री चौधरीले उपभोक्ताको स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र खाद्य सुरक्षा मापदण्ड पालना गर्नु पर्नेमा जोड दिन सवैलाई आग्रह समेत गरिन् ।