स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लिएर पब्लिक युथ क्यम्पसमा लफडा थपिएको छ । क्याम्पस प्रशासनले मनोनयनका दिन कपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेका कारण स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित गरेको थियो ।
तर शुक्रवार फेरी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले तालाबन्दी गरेपनि लफडा थपिएको हो । नेपाल विद्यार्थी संघ पब्लिक युथ क्यम्पस इकाई सभापति सन्तोष श्रेष्ठले मतादाता नामावली प्रकाशित गर्दा दाबि विरोधको समय नै नदिई जथाभावि गरीएकाले तालाबन्दी गरेको जानकारी दिए ।
उनले क्याम्पस प्रशासनले विद्यार्थीका परिचय पत्र समेत जथाभावि बाडिएको बताए ।
न्यूज समय
१ चैत्र, २०८१, शुक्रबार ००:००