काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका ओखलढुंगाका नेता हंशराज वाग्ले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । छ । बुधबार बिहान पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा वाग्लेलाई स्वागत गरे ।
३ वर्ष अघि कांग्रेस छोडेर नेकपामा प्रवेश गरेका वाग्ले नेकपा विभाजन भएर एमाले माओवादी फरक फरक कित्तामा भएपछि एमालेका नेता माधव नेपाल समुहले गठन गरेको पार्टी नेकपा एसमा थिए ।
कांग्रेस प्रवेशपछि नेपालका कम्युनिष्ट पार्टीबाट समाज रुपान्तरण र नागरिकका समस्या समाधान नहुने निष्कर्षसहित वाग्लेले कांग्रेस प्रवेश गरेको बताए ।

न्यूज समय
१० माघ, २०८१, बिहीबार ००:००