१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

स्थानीय तहमा रिक्त ४१ स्थानमा जनप्रतिधि चयनका लागि मतदान धमाधम


काठमाडौं । स्थानीय तहमा रिक्त ४१ सदस्य चयन गर्न आज मतदान हुँदैछ।उपनिर्वाचन भएका ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको छ । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार यो निर्वाचनमा कुल दुई लाख २६ हजार सात सय ९९ जना मतदाता छन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

कहाँ–कहाँ हुँदैछ मतदान ?

कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।

यस्तै वडाध्यक्षमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका- ३, झापाको कन्काई नगरपालिका- ६, तेह्रथुमको लालिगुराँस नगरपालिका- ८, सुनसरीको गढी गाउँपालिका- ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका- ५, उदयपुरको त्रियुगा नगरपालिका- १२ र बेलका नगरपालिका- ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका- १ र ४, धनुषाको धनुषाधाम नगरपालिका – १, महोत्तरीको रामगोपालपुर नगरपालिका- २, रौतहतको ईशनाथ नगरपालिका – ७, रौतहटका राजपुर नगरपालिका- ६ र गढीमाई नगरपालिका- ८ मा निर्वाचन हुनेछ।

काठमाडौँको काठमाडौँ महानगरपालिका – १६, कीर्तिपुर नगरपालिका- १ र ४, नुवाकोटको ककनी गाउँपालिका- २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका – १२, गोरखाको गोरखा नगरपालिका- ५, गुल्मीको मुसिकोट नगरपालिका- १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका- १, रोल्पाको रुन्टीगढी गाउँपालिका- ४, बर्दियाको ठाकुरबाबा नगरपालिका- ४ र रुकुम पश्चिम भागको सानीभेरी गाउँपालिका- ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।

दैलेखको दुल्लु नगरपालिका- १३, जाजरकोटको कुसे गाउँपालिका- ७, कालीकोटको तिलागुफा नगरपालिका – ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ५, बझाङको सूर्मा गाउँपालिका- ४, डोटीको पूर्वीचौकी गाउँपालिका- ६, दार्चुलाको दुहुँ गाउँपालिका- ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका- ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी भूल तथा रुकुम पूर्वी भागपुगा उत्तरगङ्गा गाउँपालिका- २ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*