५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

असम्बन्धित व्यक्तिहरुलाई जस्केलाबाट बिदेश लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराध : सांसद गौतम

सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न अनुरोध गरेकी छिन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले असम्बन्धित व्यक्तिहरुलाई जस्केलाबाट कार्यक्रममा बिदेश लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराध भएको बताईन् ।
उपसभामुख रानामाथि प्रश्न नभई उपसभामुख पद माथि प्रश्न उठेकोले उपसभामुखले पदको मर्यादाको लागि पनि मार्ग प्रशस्त गर्नु पर्ने सांसद गौतमले भनाई थियो ।
सांसद गौतमले पदीय जिम्मेवारी र मर्यादालाई भुलेर करुणा र महिलाको कुरा उठ्नु राम्रो विषय नभएकाले पनि उपसभामुखले माग्रप्रशस्त गर्दा राम्रो हुने धारणा व्यक्त गरिन् ।
उपसभामुख रानाले संयुक्त राष्ट्रसंघको ”कमिसन अन द स्टाटस अफ वुमेन” को ६७ औं सत्रमा जान लागेको भन्दै भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दुतावासलाई पत्र लेखेकी थिईन् ।
यसरी दुतावासलाई पत्र लेख्नु पदीय मर्यादा विपरीत भएको भन्दै उपसभामुखको सांसदमा चर्को विरोध हुँदै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*