६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

सरकारको नयाँ कदमले मुलुकमा शान्ति सुव्यवस्था र विधिको शासन कायम हुन्छ : गृहमन्त्री लेखक

गृह मन्त्री रमेश लेखकले वर्तमान सरकारको नयाँ कदमले मुलुकमा शान्ति सुव्यवस्था र विधिको शासन कायम हुने बताएका छन् ।

धनुषामा पत्रकारहरु संग कुरा गर्दै मन्त्री लेखकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई कार्यान्वयन गर्दै त्यसलाई थप सुदृढ बनाउन नयाँ सत्ता समीकरणले कदम चालेको समेत बताए ।

मुलुकमा स्थिर सरकार, गतिसिल राजनीति, अर्थतन्त्रलाई क्रियाशील बनाउन, सङ्घीय लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ बनाउन यो सत्ता समिकरणले महत्वपूर्ण भुमिका खेल्ने पनि गृहमन्त्री लेखकले बताए ।

नेपाली काँग्रेसका आदर्श पुरुष स्वर्गीय नेता प्रदीप गिरीको दोस्रो वार्षिकी कार्यक्रममा सहभागीता, जिल्ला स्थीत सुरक्षा समितिहरु एवं जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास लगाएतका कार्यक्रममा मन्त्री लेखत त्यस तर्फ गएका हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*