१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

संविधान संशोधन गरेरै भए पनि मुलुकलाई स्थायी सरकार दिनु पर्छ : नेता कोईराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधन गरेर मुलुकलाई स्थायी सरकार दिने वातावरण आजको आवश्यकता बनिसकेको बताएका छन् ।
नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२ औँ अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन गरेरै भए पनि स्थायी सरकार बनाउनु पर्ने धारणा व्यक्त गरेका हुन् ।
मुलुकलाई समृद्धि तर्फ अगाडी बढाउन स्थायी सरकारको आवश्यकता भएको र त्यो एजेन्डा आफुले सुरु देखी नै उठाउँदै आएको बताए ।
मुलुकमा सुशासन स्थापित गर्न कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नु पर्ने भन्दै नेता कोईरालाले बर्तमान गठबन्धन सरकारलाई कुनै किसिमको पनि गल्ति गर्न छुट नभएको बताए ।
भारतमा रहेका काँग्रेस संग सम्वद्धले मात्र नभई सम्पूर्ण प्रवासी नेपालीले नेपालको हितमा पुर्याएको योगदानको दर गर्दै त्यो गुण आफुहरुले कहिले नविर्सने पनि बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*