बाग्मती प्रदेश सरकारबाट पनि समर्थन फिर्ता सहित एमाले बाहिरियो
बाग्मती प्रदेशबाट पनि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिएको छ ।
बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष एमालेका पाँच जना मन्त्रीहरुले समोमबार समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाउनेहरुमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, उघोग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्री एकालाल श्रेष्ठ रहेका छन् ।
एमालेले सरकार निर्माणकालागि दिएको समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारबाट बिश्वासको मत भने लिने बताएका छन् ।
नेकपा माओवादी बाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालका अनुसार पार्टीको निर्णय अनुसार मुख्यमन्त्रीले राजीनामा नदिने र विश्वासको मत लिने बताए ।