नागरिक उन्मुक्ति पार्टीले रञ्जितालाई हटाएर गंगारामलाई संसदीय दलको नेता बनायो
नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाको संसदीय दलको नेता परिवर्तन गरेको छ ।
आईतवार बसेको पार्टीको संसदीय दलको सचिवालयको बैठकले पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएर गंगाराम चौधरीलाई चयन गरेको हो ।
त्यस्तै बैठकले प्रमुख सचेतकमा लालवीर चौधरीलाई नियुक्त गरेको छ । यस अघि प्रमुख सचेतन अरुणकुमार चौधरी थिए ।