गृहमन्त्री लामिछानेका कानुनव्यवसायीका भान्जालाई दुईदिनका लागि एआइजीमा बढुवा गर्न सिफारिस
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्ना कानुनव्यवसायी सुशील पन्तका भान्जा पोषराज पोखरेललाई अवकाशपश्चात् विशिष्ट श्रेणीको सेवासुविधाका लागि दुई दिने एआइजी बनाउन लागेका छन् ।
असार १९ गते उमेशराज जोशी एआइजीबाट उमेरहदका कारण अवकाश पाएर पद रिक्त हुने भएपपछि गृहमन्त्री लामिछानेको स्वार्थमा उनलाई नियमविपरीत गृहसचिवको नेतृत्वको बढुवा समितिले पोखरेललाई दुई दिनका लागि एआइजी बनाउन सिफारिस गरेको हो। पोखरेल पनि असार २१ गते उमेर हदका कारण अवकांश पाउँदै छन्।
प्रहरी प्रधान कार्याललय स्रोतका अनुसार पोखरेल हाल लामिछानेका विवादित मुद्दाहरू प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता सुशिल पन्तका भान्जा हुन् ।
पोषराज हाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत छन्।