१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

सहमतिमै नयाँ नेतृत्व चयन हुने नेता खनालको दावी

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले पार्टीको महाधिवेशनले सहमतिमै पार्टीको नेतृत्व चयन हुने बताएका छन् ।

महाधिवेशन बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा नेता खनालले महाधिवेशले सहमतिमै नयाँ नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका हुन् ।
त्यसका लागि आफु र सम्पूर्ण पार्टी पंति सहमतिको नेतृत्व चयनमा अन्तिमसम्म प्रयास गर्ने पनि बताए ।

सहमतिकालागि छलफल जारी रहेको भन्दै नेता खनालले यो महाधिवेशन रुपान्तरणकारी महाधिवेशनका रुपमा अघि बढाउने पनि बताए ।
पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थामा रुपान्तरण गर्ने खालका दस्तावेज यस महाधिवेशनले पास गर्ने पनि उनले बताए ।
यस महाधिवेशनले नेपाली कम्युनिष्टको आन्दोलन थप उचाईमा पुर्याउने पनि आफ्नो विश्वास रहेको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*