१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

जनमत पार्टीको सरकारमा पुनः इन्ट्री : अनिता देवीले खाइन् मन्त्रीको सपथ

अन्ततः सीके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी भएको छ । जनमतकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेसँगै पुष्पकमल दाहाल प्रधानमन्त्रीत्व सरकारमा सहभागी दलको संख्या ६ पुगेको छ ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएपछि खाली भएको मन्त्री पदमा आज अनितालाई प्रधानमन्त्रीले नियुक्त गरेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा मन्त्री पदको शपथ ग्रहण गराएका छन् ।

जनमतकी अनिता देवीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि सो मन्त्रालय मोदीलाई दिइएको थियो ।

शपथ ग्रहणमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए ।

यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्रीले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्रालयमा चित्त नबुझेर खानले राजीनामा दिएर पार्टी सरकारबाट बाहिरिएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*