कांग्रेस संसदीय दलको बैठक आज पनि
सत्ता गठनबन्धनको प्रमुख घटक नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार पनि बस्ने भएको छ । दलको बैठक शुक्रबार पनि बसेको थियो । आजको पनि सोही बैठकको निरन्तरता हो ।
दिउँसो साढे १२ बजेका लागि डाकिएको बैठक संघीय संसद भवन बानेश्वरको तोत्से हलर्मै बस्न तय भएको छ । आजको बैठकमा शुक्रबार बोल्न नभ्याएको बाँकी सांसदले बोल्ने छन् । शुक्रबार १९ जना सांसदले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा संसदमा उत्पन्न गतिरोधबारे छलफल भइरहे पनि आज भने डा. सुनिल शर्मा पक्राउ प्रकरणले पनि प्रवेश गर्ने अनुमान गरिउको छ । अघिल्लो बैठकमा पनि गृहमन्त्रीको कदमबारे सांसदहरुले चर्को असन्तुष्टि जनाएका थिए ।
बैठकमा यसका अलवा गतिरोधको विकल्पमा संसदीय समिति वा उच्चस्तरीय शक्तिशाली आयोगको प्रस्ताव विकल्पकाबारे पनि सांसदहले बोलेका थिए ।