१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

आज मन्त्रिपरिषद पुनर्गठन हुँदै : को भित्र, को बाहिर ?

प्रधानमन्त्री पुष्पकमल दाहालले आज आइतबार मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । माओवादी पार्टीको भागमा परेको मन्त्रालयबाट सीके राउत नेतृत्वको जनमत पार्टी एक मन्त्रालय दिएर पुनर्गठन गर्न लागिएको हो ।

जनमतसँगै माओवादीबाटै पनि मन्त्री परिवर्तन हुने भएको छ । माओवादीको भागको २ मन्त्रीलाई बिदा दिएर जनमत र माओावदीकै अर्का एक सांसद मन्त्री बन्ने छन् । मन्त्रिपरिषद शुक्रबार नै गठन भएर शपथ गर्न लागिए पनि पार्टीमा कुरो नमिलेका रोकिएको थियो ।

प्रधानमन्त्रीले मन्त्री हेरफेर गरेर जनमतलाई इन गराई आइतबार शपथ गराउने कार्यक्रम करिब तय भएको स्रोतले बताएको छ । शीतल निवासले पनि शपथको समयका लागि प्रधानमन्त्रीमको सूचना पर्खाइमा रहेको छ ।

पर्यटनमन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकलाई बिदा दिने भनिएको थियो । तर उनीहरु दुवैको कार्यसम्पादनमा प्रधानमन्त्री सन्तुष्ट नभएपछि उनीहरूलाई फिर्ता बोलाउने निश्चित भएको बालुवाटार स्रोतले जनाएको छ ।

दुई खाली हुने मन्त्रालयमा स्थायी कमिटी सदस्य हितबहादुर तामाङ र अर्कोमा जनमतका एक जना मन्त्री बन्ने पक्कापक्की भएको छ ।

नुवाकोट १ का तामाङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई पार्टी भित्रबाटै दबाब आएको छ। उनी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायक पनि थिए । यसअघि तामाङ युवा खेलकुद मन्त्रालयको जिम्मेवारीमा पनि थिए ।

असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भएको थियो । जनमतले सांसद अनितादेवी साहलाई असार २६ मै मन्त्रीका लागि सिफारिस गरे पनि अहिलेसम्म थाँती रहेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*