१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

नेविसंघको असन्तुष्ट समूह देउवाको दैलोमा

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ७११ सदस्यीय नेपाल विद्यार्थी संघ तदर्थ समिति गठनसँगै असन्तुष्ट समूहर आज देउवा निवासको दैलोमा धर्ना दिने भएको छ ।

दुई दिनअघि मात्र पार्टी सभापतिले पूर्णता दिएको तदर्थ समिति विधानविपरीत र आफ्नालाई मात्र स्थान दिएको भन्दै विद्यार्थीहरु असहमत भएका हुन् । सो समूह हिजो पार्टी केन्द्रीय कार्यालयबाटै समानन्तर कमिटी घोषणा गर्ने भन्दै बीपी स्मृति भवन सानेपा पुगेको थियो ।

असन्तुष्ट समूहले देउवाद्वारा मनोनीत केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरेको, संगठनमा लागेका नभई आसेपासेलाई मात्र स्थान दिएको भन्दै कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजीसमेत गरेका थिए ।

सानेपास्थित केन्द्रीय कार्यालयमै नयाँ तदर्थ समिति घोषणा गर्न हिँडेकाहरु कार्यालय पस्न नपाएपछि अब पार्टी सभापतिको निवास घेराऊ गर्ने कार्यक्रम राखेका हुन् ।

पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिएको अवस्थामा नेताको घरमै पुगेर समिति बनाउन बाध्य भएको असन्तुष्ट समूहका विद्यार्थी नेता योगेन्द्र रावलले बताएका छन् । सोही कार्यक्रमअनुसार आफूहरु पार्टी सभापतिको दैलोमा जान लागेको उनको भनाइ छ ।

सोही कार्यक्रमअनुसार आज देउवाको धुम्बाराहीस्थित निवास पुगेर असन्तुष्ट विद्यार्थीहरूले घर घेराउ गर्नुका साथै गरी नेविसंघ केन्द्रीय तदर्थ समिति मनोनयनमा पुनर्विचार गर्न दबाब दिइनेछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*