१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

बारम्बार संसद अवरोध गर्नु आपत्ति जनक : सांसद गौतम

प्रतिनीधि सभा सांसद प्रतिमा गौतमले जनसरोकारका मुद्दाहरु अलपत्र रहेको समयमा बारम्बार संसद अवरोध गर्नु आपत्ति जनक रहेको बताएकी छन् ।
बुधबार आफ्नो फेसबुक पेजमा एक स्ट्याटस लेख्दै बाढी पहिरो र डुवानले जनजीवन अस्तव्यस्त भएको यस समयमा त्यसलाई सम्वोधन गर्नुको साटो संसद अवरोध गर्नुको पछाडी ठुलो स्वार्थ लुकेको देखिएको लेखेकी छन् ।
हरेक समस्याको समाधान संसदबाट नै खोजिनु पर्नेमा संसदलाई नै बन्धक राखेर कुनै निष्कर्षको बिन्दुमा पुग्न नसकिने सांसद गौतमको तर्क छ ।
सुन कान्डका नाममा संसदलाई बन्धक बनाउनु सर्वथा अनुचित रहेको भन्दै गौतमले तत्काल संसद सुचारु गर्नुको कुनै बिकल्प नरहेको उल्लेख गरेकी छन् ।

गौतम नेपाली काँग्रेसको तर्फबाट प्रतिनीधि सभामा प्रतिनीधित्व गर्छिन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*