१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

रिहाइको माग गर्दै खाण, रायमाझी र रिजाल उच्च अदालत पुगे

नक्कली शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागारमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी र शरणार्थी नेता टेकनाथ रिजाल उच्च अदालत पाटन पुगेका छन् ।

आफूहरूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध नेता खाँण र रायमाझीलगायत आरोपितहरू उच्च अदालत पुगेका हुन् । थुनछेक आदेशविरुद्ध उनीहरूको कैफियत निवेदन दर्ता भएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् ।

आफूहरूलाई थुनामुक्त गर्न आदेश माग गर्दै उनीहरूले केही दिनअघि उच्च अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालत काठमाडौंले गत असार १ गते उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*