२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

नेकपा एसका सबै बैठक स्थगित : झलनाथको फरक मतले माधवलाई झट्का

नेकपा एकीकृत समाजवादीको यही साता बोलाइएका सबै बैठक स्थगित गरिएको छ । यही साउन १६ देखि २१ गतेसम्म हुने भनिएको स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठक अनिश्चित कालका लागि स्थगन गरिएको छ । पार्टी अध्यक्ष अध्यक्ष माधव नेपाल आजै स्वदेश फर्किएलगत्तै पूर्व निर्धारित बैठकहरू स्थगित भएको सूचना पनि आएको हो ।

स्थायी कमिटी बैठकमै पार्टीका सम्मानित नेता झलनाथ खनालले फरक मतसहित प्रस्ताव ल्याउने भन्ने सूचना आएसँगै अध्यक्षले बैठकहरु नै रोकेको खनाल नजिक नेताले जानकारी दिए । खनाललाई पार्टीका वरिष्ठ धेरै नेताको साथ रहेको नेपालको बुझाइ छ ।

पार्टीभित्र पछिल्लो समय देखिएका विभिन्न विषयमा दूरगामी महत्वका राजनीतिक र सांगठनिक एजेन्डामा छलफलका लागि गर्न लागिएको सचिवालयसहित सबै बैठक पर्याप्त तयारी नपुगेकाले अर्को सूचना नभएसम्म स्थगित गरिएको पार्टी सचिवालयले जनाएको छ ।

केही दिन अघि नै नेकपा एसले साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ मा पोलिटब्युरो र साउन २० र २१ गते केन्द्रीय कमिटी बैठकका लागि मिति तय गरिसकेको थियो ।

बैठकहरु स्थगन गर्नुमा संस्थापन पक्षबाट खास कारण नबताइए पनि फरक मतलाई फेस गर्ने रणनीति तयार गर्न केही दिन समय लिएको भन्ने भनाइ छ । अध्यक्ष नेपालको माओवादी केन्द्रप्रतिको आशक्तिप्रति झलनाथ, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री, प्रेम आले किसान श्रेष्ठ, विरोध खतिवडालगायत नेता असन्तुष्ट छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*