बर्तमान गठबन्धन पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री दाहाल

न्यूज समय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बर्तमान गठबन्धन पाँचै वर्ष सम्म टिक्ने दावि गरेका छन् ।

आदर्श बहुमुखी क्याम्पस धादिङ गजुरीको भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान गठबन्धन पाँच वर्षसम्म रहने र गठबन्धनको नेतृत्वका कारण देश विकसको युगतर्फ अगाडी बढेको उद्घोष गरे ।


वर्तमान सरकारको आयु छोटो रहेको बजारमा टिप्पनी गर्नेहरु तिर ध्यान नदिई सरकार विकास र जनमुखी कार्यतर्फ अगाडि बढेको बताए ।

नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरे पनि सरकारले राम्रो काम गर्दै अगाडि बढेको र त्यसको मुल्याङ्कन आम जनताले गर्ने बताए ।