१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

लुम्बिनी प्रदेशमा गिरीको सरकार ढल्यो, नेपाली काँग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्दै

लुम्बिनी प्रदेशमा सत्तारुढ दल नेपाली काँग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
सोमबार (आज) लुम्विनी प्रेदेशसभाका मुख्यमन्त्री लिला गिरीले सभामा विश्वासको मत प्राप्त गर्न नसके पछि नेपाली काँग्रेस लुम्विनी प्रदेश संसदीय दलका नेता समेत रहेका चौधरी मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि गिरीको मुख्यमन्त्री पद खुस्किएको छ ।
माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार गिरीले लुम्विनी प्रदेशसभामा विश्वासको मत मागेका थिए ।
८७ सदस्यीय लुम्विनी प्रदेशसभामा राप्रपा सहित एमालेका गिरीले जम्मा ३३ मत प्राप्त गरे संगै उनकोे मुख्यमन्त्री पद गएको हो ।
प्रदेशसभा टिकाउन गिरीलाई जम्मा ४४ मतको आवश्यकता रहेकोमा त्यो उनले प्राप्त गर्न सकेनन् ।
गिरीको बिपक्षमा एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दललका ५३ जना सांसदले मतदान गरे ।
सत्तारुढ दलहरुले गएको चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाई सकेका छन् ।
सत्तारुढ दलहरुले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्विनी प्रदेश सरकार गठनको माग गर्दै आएका छन् ।
गिरीले विश्वासको मत प्राप्त गर्न नसकेपछि दलहरुले आजै अर्को सरकार गठनको प्रकृया अगाडि बढाउन पनि पहल गरेको श्रोतले बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*