१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

चितवन २मा रवि लामिछानेले उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराए

चितवन २ मा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वातन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।
लामिछाने सिता ज्ञवालीको प्रस्ताव र विक्रम श्रेष्ठको समर्थनमा चितवन स्थित क्षेत्र न. २ को निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यस अघि मंसिर ४ मा सम्पन्न निर्वाचनबाट भारी मतले संघिय सांसदमा निर्वाचित लामिछाने पुष्पकमल दाहाल नेतृत्वको सरकारम गृह मन्त्री समेत भएका थिए ।
नागरिकता विवादमा परेको उजुरीमा सर्वोच्चले लामिछानेको नागरिता खारेज गरे संगै उनका सांसद पद पनि गएको थियो ।
सांसद पद गए लगत्तै लामिछानेले पुनः प्रकृया पुराएर जिल्ला प्रशासन कार्यालय काठमाडौबाट पुरानै नम्बरमा नेपाली नागरिकता लिएका छन् ।
उनको सांसद पद गए पछि खालि रहेको त्यस स्थानमा निर्वाचन आयोगले आउँदो २०८० वैशाख १० मा उपनिर्वाचन गराउँदै छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*